zoom code finder exe download city hunter zoom.lk download download zoom 4.3 directions to download zoom zoom app for teaching download zoom us app download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

जेलबाटै रेशम चौधरीले भने- ‘टीकापुर घटनाका दोषीलाई राज्यले नै जोगाएर पुरस्कार दिएको छ’

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । टीकापुर घटनामा अदालतबाट सजाय पाएर डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले आफू दोषी नभएको बताएका छन् । घटनाको वास्तविकता राज्यलाई नै थाहा भएको भन्दै उनले आफु उक्त घट्नामा दोषी नभएको बताएका हुन् ।

चौधरीपत्नी रन्जिता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन् ‘दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठाउँदा ।’

रन्जिता नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष हुन् । रेशम चौधरीले लेखेर दिएको भनाइ आफूले सामाजिक सञ्जालमा लेखेको उनले उल्लेख गरेकी छन् । २०७२ साल भदौ ७ मा विरोध प्रदर्शनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनामा एक बालकको पनि मृत्यु भएको थियो ।

उक्त घटनामा सांसद रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । रेशम चौधरीले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

‘पछिल्लो पटक सबैले हामीलाई निर्दोष भन्न थालेका छन् । पूर्ववर्तमान सबै प्रधानमन्त्रीले यथार्थ स्वीकार गरिसके । तैपनि अझै हामी जेलमा छौँ । निर्दोषलाई जेलमा राखेर सुशासनको कुरा किन गर्ने पूर्व र वर्तमान प्रधानमन्त्रीज्यूहरू वारदात स्थलमा नभएकालाई थुनेर न्यायको हथौडा अदालतमा छ भनेर पन्छिन पाइन्छ ?’ चौधरीको प्रश्न छ ।

उनले सरकारले टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्टसमेत सार्वजनिक नगरेको बताएका छन् । ‘टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट सार्वजनिक नगर्नु भनेकै राज्य दोषी हुनु हो । लाल आयोग, शर्मा आयोग हाम्रा आग्रहमा गठन गरिएको होइन । राज्य स्वयंले गरेको हो’ उनले लेखेका छन्, ‘आफैँले बनाएको रिपोर्ट, आफैँले सार्वजनिक गर्न नसक्नु भूल स्वीकार्नु होइन ?’

चौधरीले घर, गाडी सञ्चालन गरेको रिपोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा नष्ट भएको भन्दै टीकापुर घटनामा आफ्नो भौतिक सम्पत्ति समेत नष्ट भएको बताए । ‘अन्ततः विकल्प नदेखेपछि बाटो पहिल्याउने निर्णय गरेँ । कसैसँग केही गुनासो छैन । राजनीतिक यात्रामा फेरि कुनै न कुनै दिन जरुर सहयात्री भइएला । त्यसैले आङको छारो उडाएर आफ्नै मयल देखाइ फोहोरी कहलिनु छैन मलाई । अबको वैकल्पिक यात्रामा सहानुभूति जरुर होस्’, उनले लेखेका छन् ।

प्रतिक्रिया सबै