download zoom app for windows 8 zoom hack download for pc download zoom portugues why is my laptop webcam not working on zoom download zoom vdi zoom cloud meeting app download for pc - zoom cloud meeting app download for pc
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

पाँच महिनामा भित्रिए दुई लाख पर्यटक

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो पटक पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै करिब दुई लाख पर्यटक भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएको गृहमन्त्रालय अन्तर्गतको अध्यागमन विभागले जनाएको छ ।

पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् । सोही अवधिमा नेपालबाट १ लाख ८३ हजार ६७५ जना पर्यटक स्वदेश फर्केका छन् ।

विश्वमा कोरोना महामारी सुरू भएपछि रोकिएको पर्यटकको आगमन पछिल्ला महिनाहरुमा विस्तारै बढ्न थालेको छ । कोरोनाको खोप प्रयोगमा आएपछि पर्यटकको चहलपहल अझ बढेको छ ।

कोरोना महामारीका कारण सन् २०२१ मा मात्र एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएका थिए । अघिल्लो एक वर्षमा आएकाभन्दा बढी पर्यटक यस वर्षको पहिलो पाँच महिनामा नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना पर्यटक आएका थिए ।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेब्रुअरी १९ हजार ९६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ ।

प्रतिक्रिया सबै