otc download zoom zoom installation path zoominfo extension download - zoominfo extension download zoom in english download zoom download for windows 10 filehippo download zoom version download zoom recorder to pc zoominfo stock symbol list
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

मन्त्री झाँक्रीसँग सांसद रंगमतीले मागिन् प्लेन भाडा

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । सांसद रंगमती शाहीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सचिवालयले हुम्लादेखि बोलाएर योजना माग गरेको तर बजेट नपारेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

आइतबार प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत खर्चमाथि छलफलमा भाग लिँदै शाहीले शहरी विकास मन्त्रालयको बजेटमा आफ्नो जिल्लाको योजना नपरेकामा आक्रोश व्यक्त गरेकी हुन्

‘तपाईको निजी सचिवालयबाट बजेट आउनुभन्दा अगाडि मलाई फोन गयो, म जिल्लामा थिएँ, योजना हाल्ने बेला भयो माननीयज्यू तपाईंके योजना के छ पठाइदिनुस् भन्नुभयो’ उनले भनिन्, ‘प्लेन भाडा तिरेर आएँ, माननीय मन्त्रीज्यू मलाई प्लेनभाडा र सिंहदरबारसम्म आउँदा भएको खर्च र समयको क्षतिपूर्ति चाहियो ।’

आफूलाईं बोलाएर योजना मागेको तर बजेट नदिएको भन्दै सांसदलाई बच्चालाई जस्तो व्यवहार गरेको उनको भनाई छ । महिला मन्त्री हुनुहुन्छ, सम्मानका साथ हातेमालो गरेर काम गर्छु भन्ने मन थियो । शहरी विकस मन्त्रालयका लागि मेरो जिल्ला हुम्ला त हरेक कुरामा सम्पन्न भइसकेको देखियो’ उनले भनिन्, ‘माननीय मन्त्रीज्यू हामी काम नपाएर केही नभएर आएका होइनौं ? फोन गरेर बोलाएर एउटा योजना हाल्न नसक्ने हामी के बच्चा हौं खेलाउन खोज्नुभएको हो माननीय मन्त्रीज्यू ?’

 

प्रतिक्रिया सबै