zoom wallpaper app zoom app in spanish zoom cloud meeting for laptop free download why zoom audio not working windows 10 zoom meeting download for laptop install zoom on windows 10 www.zoom/download zoom technologies mcse material free download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

‘तारमा झुन्डिँदा आनन्द आयो’

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा आफुलाई भगवानले बचाएको बताएका छन् । एक टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो । तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए । एकदम खुसी लागेको छ ।’ तारमा झुन्डिँदा आनन्द आएको उनको भनाई छ ।

‘तारमा झुन्डिएर आएका हामी । अल्लो छेउ गएँ, पल्लो छेउ गएँ । तारमा झुन्डिँदा चीलले पनि ठुंग्यो । तारमा सुत्दा आनन्द आयो,’ उनी भन्छन् ।

तारबाट तल खस्दा मर्छु भन्ने आफूलाई नलागेको उनले बताए । उनले भने, ‘घरमा गएर सुत्नुपर्यो भनेर गाको । त्यहाँ गएपछि भ्रमण देखेँ । खम्बामा छोएपछि मन ढुक्क भयो । अनि गएँ सरासर । तलबाट मान्छेहरुले झर भन्दा पनि म आफ्नै सुरमा हिँडे ।’

विक ६ घण्टा तारमा झुन्डिँदा एक करोड बराबर घाटा भएको विद्युत प्राधिकरणले जनाएको छ । ‘करोडको कुरा होइन । खर्बको कुरा आयो । खर्बले पनि मेरो ज्यान आउँदैन’, उनले भने ।

प्रतिक्रिया सबै