download zoom 5 zoom center download zoom download latest version 2022 zoom client windows download ww.zoom.us download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

प्रदेश १ को नाम जुराउन एमाले र कांग्रेस सहमत

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । प्रदेश १ को नामकरण यही अधिवेशनले टुंग्याउनेबारे नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति भएको छ । एमालेले बनाएको नामकरण सहजीकरण तथा समन्वय समितिको पहलमा कांग्रेस संसदीय दलका नेता र प्रमुख सचेतकसहित बसेको बैठकले यसै अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउने सहमति भएको हो ।

एमाले नेता एवम् सहजीकरण तथा समन्वय समिति संयोजक हिक्मत कार्कीका अनुसार आइतवारको बैठकले यसै अधिवेशनबाट नामको विषय टुंगो लगाउने सहमति गरेको हो ।

बैठकमा एमालेका तर्फबाट सहजीकरण समिति संयोजक कार्कीसहित सदस्यहरु जीवन घिमिरे, अर्जुन राई एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सहभागी थिए । कांग्रेसका तर्फबाट संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई र प्रदेश सभा सदस्य लीला सुब्बासहित सहभागी थिए ।

आइतवार कांग्रेससँग छलफल गरेको एमालेले भोलि र पर्सि अन्य दलहरूसँग छलफल गरि प्रदेश सरकारसँग नामकरणबारे छलफल तयारी गरेको छ ।

सुरुवाती छलफलमा प्रदेशको नाम यसै अधिवेशनबाट टुंगो लगाउने सहमति खोज्ने र दोश्रो चरणमा कुन नामलाई सर्वमान्य बनाउनेबारे छलफल हुनेछ । साझा नाम र साझा सहमतिको आधारमा प्रदेशको नामकरण पहल हुने उनको भनाई छ ।

यही अधिवेशनबाट नामको विषय टुंगोमा पुर्‍याउने एमाले र कांग्रेसबीच सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक राईले बताए । ‘पहिला दलबाट के नाम राख्ने भनेर फाइनल गरिनेछ। यसैका आधारमा अरु दलसँग पनि छलफल थाल्ने सहमति भएको छ ।’

प्रतिक्रिया सबै