zoom in browser no download us.zoom/download zoom cloud meeting app download for windows10 java zoom api jar file download zoom download 4.6.8 zoom download win10 zoom meeting recording software free download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

गोकर्णेश्वरमा शौचालयमा लडेर एक महिलाको मृत्यु

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । काठमाडौंको बौद्धमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर टहरा बनाइ बसेका रामेछाप उमाकुण्ड गाउँपालिका–५ घर भएकी ४९ वर्षीय सुशीला खड्काको शौचालयमा लडेर गएराति मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले शौचालय जाने क्रममा बेहोस अवस्थामा रहेकी खड्कालाई उनकी बहिनी वर्षा सुनुवारले फेला पारेर अस्पताल ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको जानकारी दिए ।

शौचालयमा लडेर गम्भीर घाइते खड्कालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया सबै