कारको ठक्करबाट एकजनाको मृत्यु
सोमवार, जेष्ठ ३० २०७९

काठमाडौं । चितवनमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । अर्का एक घाइते भएकी छिन् ।
मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् । गैरीबारी रिसोर्टतर्फ जादै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । सोही कारको ठक्करबाट गम्भीर घाइते भएकी स्थानीय ५५ वर्षीया राधीका बोटेलाई उपचारका लागि मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ ।
सवारी दुर्घटनामा संलग्न कार चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।
प्रतिक्रिया
सबै