मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु
सोमवार, जेष्ठ ३० २०७९

काठमाडौं । कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका—५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीया सम्झना राईको मृत्यु भएको प्रहरीले बताएको छ ।
कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना.५ख.२८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे जडीबुटीतिरै गइरहेको बा.७१प.३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा राई सख्त घाइते भएकी थिइन् ।
महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया
सबै