install zoom snap zoom app for windows 11 64 bit why is my mic not working on zoom laptop - why is my mic not working on zoom laptop join zoom meeting with id & password generator zoom app install free download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

सेयर बजारको अब सातामा ६ दिन नै कारोबार

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । सरकारले जेठ १ गतेदेखि हप्तामा दुईदिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सबैतिर २ दिने बिदाको विरोध भएपछि सरकार पछि हट्यो । र, २ दिने बिदा असार १ गतेबाट हटाउने निर्णय गरियो ।

हप्तामा ५ दिन कारोबार भइरहेको सेयर बजार आइतबार सार्वजनिक बिदा भएपछि शुक्रबार पनि कारोबार हुन थाल्यो । पहिले आइतबारबाट बिहीबारसम्म सेयर कारोबार हुने गरेको थियो । तर, आइतबार बिदा भएपछि शुक्रबार पनि सेयर कारोबार सुरु भएको थियो । सरकारले आइतबारको बिदा हटाए पनि अब शुक्रबार पनि सेयर कारोबार हुने भएको छ ।

अब आइतबारदेखि बिहीबारसम्म पहिले जस्तै बिहान ११ बजेबाट ३ बजेसम्म सेयर कारोबार हुनेछ । शुक्रबार बिहान ११ बाट दिउँसो १ बजेसम्म मात्रै सेयर कारोबार हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् ।

 

प्रतिक्रिया सबै