२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनेबारे माओवादीमा छलफल

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताहरुबीच अर्थमन्त्री जर्नादन शर्माको काम कारवाहीको विषयलाई लिएर छलफल भएको छ ।

माओवादीका एक नेताले अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको बताए । ‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन । ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौं, अध्यक्षले पनि यसबारेमा सोच्छु भन्नुभएको छ ।’, ती नेताले भने ।

पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए । उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो । तर छलफलमा के भयो भन्नेबारेमा खुलेको छैन ।

अर्थमन्त्री शर्मा आइतबार दिउँसो चार बजे आएर करिब दुई घण्टा प्रचण्ड निवासमा बसेर गएको पुष्टि प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् । तर, छलफलबारे भने आफूलाई कुनै जानकारी नभएको उनको भनाई छ ।

अर्थतन्त्र संकटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादीभित्रै र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि आलोचना भइरहेको छ । स्रोतका अनुसार अर्थमन्त्री शर्मालाई यसअघि नै हटाउने प्रयास भएको थियो । तर, बजेट ल्याउने बेलामा नराम्रो सन्देश जाने भन्दै त्यसलाई बजेटपछि सारिएको हो ।

प्रतिक्रिया सबै