बाम गठबन्धनबारे ओली र नारायणकाजीबीच छलफल
सोमवार, जेष्ठ ३० २०७९

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । आइतबार साँझ ओलीलाई भेट्न बालकोट पुगेका श्रेष्ठले बाम गठबन्धनका विषयमा छलफल गरेका छन् ।
उनीहरु निकट स्रोतका अनुसार झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको छ । दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको हो ।
‘राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ एक नेताले भने, ‘एमसीसी संसद विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’
नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरेका छन् । तर, भेटमा भएको कुराकानीबारे भने खुलाउन चाहेनन् ।
प्रतिक्रिया
सबै