१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

यी जर्मननी मोडलले शरीरभरि खोपाइन् ट्याटु

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । जर्मनीकी एक मोडलले लुगा लगाउन अल्छी लागेपछि आफ्नो शरीरभरि ट्याटु खोपाएकी छन् । उनको शरीरमा कुनै ठाउँ बाँकी छैन, जहाँ ट्याटु खोपिएको छैन ।

मोडलले धेरै लुगा लगाउन अल्छी भएका कारण ट्याटु खोपाएको बताएकी छन् । उनको पूरै शरीर रंगीन ट्याटुले भरिएको छ । ५० वर्षीया मोडल केस्ट्रिन ट्रिस्टनले पाँच वर्षअघिबाट शरीरमा ट्याटु खोपाउन थालेकी थिइन् ।

बढी कपडा लगाउन दिक्क लागेकाले पूरै शरीरमा ट्याटुले खोपाएको उनले बताएकी छन् । अहिले उनलाई आफ्नो शरीर ढाक्न थोरै लुगा भए पनि चल्छ । जसले आफूलाई निकै सहज महसुस भएको केस्ट्रिन बताउँछिन् ।

केस्ट्रिनले आफ्नो शरीरमा सयौं ट्याटुहरू खोपाइसकेकी छन् । उनको शरीरमामा विभिन्न जनावर र चरा, फूल र पुतलीका ट्याटु छन् । केस्ट्रिनको ट्याटुको रंग पनि फरक छ ।

यति धेरै ट्याटु बनाएर पनि केस्ट्रिनलाई ट्याटु खोपाउने रहर पुगेको छैन । उनी आफ्नो शरीरमा थप ट्याटु बनाउन चाहन्छिन् । तर, शरीरमा कतै पनि ठाउँ खाली छैन् ।

केस्ट्रिनले ट्याटुले भरिएको आफ्नो शरीरको तस्बिर सामाजिक सञ्जालमा राखेकी छन् । उनका लाखौं फलोअर छन् । ती तस्बिरबाट केस्ट्रिनले करोडौं कमाउने गरेको बताइन्छ । आफ्नो उमेर ढल्के पनि ट्याटुले आफूलाई सुन्दर बनाएको उनी विश्वास गर्छिन् ।

प्रतिक्रिया सबै