१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

बारा जिससको प्रमुख र उपप्रमुखमा एमाले विजयी

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । जिल्ला समन्वय समिति बाराको प्रमुख र उपप्रमुख दुवैमा एमालेले निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा प्रमुखमा नरेन्द्रकुमार साह र उपप्रमुखमा चण्डिका सापकोटा उप्रेती विजयी भएका हुन् ।

प्रमुखमा विजयी नरेन्द्रकुमारले २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका रामदयाल महतोले १२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा एमालेकी चण्डिका सापकोटा उप्रेतीले १७ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी गठबन्धनबाट जसपाका पवनकुमार व्याहुतले १५ मत प्राप्त गरे । उपप्रमुखमा निर्वाचित चण्डिका निजगढ नगरपालिका ९ बाट महिला वडा सदस्यमा निर्वाचित भएकी छन् ।

१६ स्थानीय तह रहेको बारामा जिसस निर्वाचनका लागि कुल ३२ मतदाता थिए । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र ७ सदस्य पदका लागि १८ जनाको उम्मेदवारी परेको थियो ।

समन्वय समितिको निर्वाचनमा एमालेसँग ११, कांग्रेससँग ८, लोसपासँग ६, जसपासँग ४, विकेकशील साझासँग २ र माओवादी केन्द्रसँग १ मत थियो ।

प्रतिक्रिया सबै