३० असार २०८१, शनिबार Saturday 13 July, 2024

विप्लवको पार्टीद्वारा एमसीसीको कार्यालय घेराउ

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध प्रर्दशन गरेको छ ।

आइतबार नेकपाले एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड यति होटेल कार्यालय बाहिर प्रर्दशन गरेको हो ।

प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए । विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध यसअघिदेखि नै प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया सबै