zoominfo extension app zoom exe silent install download zoom call recording zoom app download free windows 11 download zoom into desktop download a shared zoom recording
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

बेलायतमा मासिक ४ लाख तलब पाउने गरी १० हजार नर्स पठाउने सरकारको तयारी

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । सरकारले बेलायतमा रोजगारीका लागि नेपाली नागरिकले मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी पठाउने प्रक्रिया सुरु गरेको छ ।

बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको बताए । बेलायतमा नर्सलाई पठाउन लागिएको उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल भइरहेको बताए ।

सांसदहरुले मन्त्री श्रेष्ठलाई श्रमिकलाई बाँच्न पुग्ने न्युनतम ज्याला हुनुपर्ने, रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने, स्वरोजगार र विदेशमा गएकाहरुको सुरक्षा गर्नुपर्ने, वैदेशिक रोजगारी घटाउने योजना हुनुपर्ने, श्रम स्वीकृति सातै प्रदेशबाट हुनुपर्ने, सरकारमार्फत विभिन्न देशहरुसँग श्रम सम्झौता गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

मन्त्री श्रेष्ठले जवाफ दिँदै सांसदहरुले उठाएका प्रत्येक प्रश्न र सुझाव अनुसार अगाडि बढ्न आफू प्रतिवद्ध रहेको पनि बताए । जापानमा रोजगारीका लागि रुमिक पठाउनका लागि छिट्टै प्रक्रिया अघि बढाइने मन्त्री श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया सबै