how safe is zoom app zoom app drawing meet zoom app download recordings from zoom zoom cloud meeting download for pc windows 11
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

जी-बब र उनका बाबुआमाबीच तीन बुँदे सहमति

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौँ। र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका बाबुआमाबीच तीन बुँदे सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई पक्षबीच तीन बुँदे सहमति भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल नामक पुनर्स्थापना कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गरेका हुन् ।

सहमतिमा अनुसार जी–बबको चाहना अनुसार उनलाई पुनस्थापना केन्द्रमा अन्य व्यक्तिसरह नै राखिने उल्लेख छ ।

त्यस्तै, केही समयका लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था पुनर्सथापना केन्द्रले मिलाउने विषयमा पनि सहमति भएको छ । त्यस्तै, सहमतिपत्र कुनै प्रकारको कार्यक्रममा भाग लिनका लागि जी– बबले आमाबुवाको सहमति लिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया सबै