९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

लुम्बिनीकी मन्त्री विमला वली प्रहरी नियन्त्रणमा

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित आफ्नो ‘प्रेमी’ एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको स्थानीयले बताएका छन् ।

मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । अहिले मन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् । मन्त्री वलीले के कारणले हातपात गरेकी हुन् त्यो भने खुल्न बाँकी छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया सबै