१३ माघ २०७९, शुक्रबार Friday 27 January, 2023

‘मेरो श्रीमान् खोइ’ भन्दै प्रेमीको घरमा पुगेर राज्यमन्त्री वलीले गरिन् श्रीमती र छोरीलाई हातपात

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफ्ना ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरी नियन्त्रणमा लिएको छ ।

तलुसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले श्रीमती मिना र उनकी छोरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

राज्यमन्त्री वलीले हातपात गरेको खबरपछि स्थानीयले बस्नेतको घरमा नै उनलाई थुनेर राखेका थिए । अहिले राज्यमन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

उनी व्यक्तिगत कामका लागि लु. १ झ. ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घरमा पुग्दा भने एकराज त्यहाँ थिएनन् ।

मन्त्री वली एकराजको घरमा पुगेर बाहिरबाटै ‘गेट खोल्’ भन्दै चिच्याएको मीनाले जानकारी दिइन् । उनका अनुसार चिच्याएपछि गेट खोलिएको थियो ।

मीनाले भनिन्, “बिहानै गेटमा आएर ढोका खोल भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ मेरो श्रीमान् खोइ भन्दै कोठाको पर्दाहरु तानेर फालिदिइ । मैले किनिदिएको लुगा हो भन्दै मिल्काइदिइ । मेरो लुगा पनि च्यातिदिइ । अर्को कोठामा गएर स्कुल जान तयार भएकी मेरी छोरीलाई पनि हानि ।”

प्रतिक्रिया सबै