zoom meeting app online classes download zoom windows free download can't open zoom on laptop will zoom work on windows 8.1 - will zoom work on windows 8.1 join zoom meeting with id & password - join zoom meeting with id & password
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

संसदमा एमालेले माग्यो अर्थमन्त्रीको पद राजीनामा

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका एमाले सांसद सुरेन्द्र पाण्डेले गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री पदमा बस्न नमिल्ने बताएका छन् ।

“गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ ? प्रधानमन्त्रीबाट सदनामा यसको जवाफ चाहिन्छ,” उनले भने ।

प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए । सभामुख अग्निप्रसाद सापकोटालेले एमालेको मागबारे आफ्नो ध्यानाकर्षण भएको बताएपछि सदनको कारबाही अगाडि बढेको छ ।

प्रतिक्रिया सबै