८० हजार मेट्रिकटन मल उपलब्ध हुन्छ : कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले १५ असारसम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने आश्वासन दिएका छन् । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले साल्ट्रडिङले ठेक्का लगाएको मल त्यो बेलासम्म आइपुग्ने दाबी गरे ।
मन्त्री यादवले भने, ‘डीएपी र युरिया मल ८० हजार मेट्रिकटन १५ असारसम्म आउँछ, अहिले हामीसँग १४ हजार मेट्रिकटन छ । भारतसँगको जीटूजीको मल पनि छिट्टै ल्याउन पहल गरिरहेका छौं ।’
संसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुंगो लागाउने उनको भनाई छ । नेपालमा रासायनिक मल कारखाना खोल्ने मोडालिटि चाँडै टुंगिने अवस्थामा पुगेको बताए ।
नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सरकारले यस वर्ष बजेट विनियोजन गरेको भन्दै उनले कारखानाको मोडालिटि टुंग्याउन छलफल भइरहेको बताए ।
मन्त्री यादवले किसानको माटो परिक्षणका काम पनि प्राथमिकतामा परेको बताए । उत्पादित कृषि उपज संरक्षणका लागि शीतभण्डार र अन्न भण्डार निर्माणका लागि पनि स्थानीय तहसँगको सहकार्यमा सरकारले बजेट विनियोजन गरेको मन्त्री यादवले बताए ।