१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

कागज अभाव र निर्वाचनका कारण समयमा पुस्तक छाप्न सकिएन : शिक्षामन्त्री

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा उनले गत बर्ष असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएकोमा यो बर्ष १ महिना अगाडि सारिएको बताए । कोरोनाका कारण शैक्षिक सत्र असारमा पुगेकोमा यो बर्षदेखि शैक्षिक सत्र १ महिना अगाडि सार्नु र कागज अभाव भएका कारण पुस्तक प्रकाशनमा ढिलाई भएको उनको भनाई छ ।

पुस्तक छाप्नका लागि प्रमाणित भएको गुणस्तरीय कागज विदेशबाट ल्याउनुपर्ने भएकोले सहज रुपमा आपूर्ति हुन नसकेको उनले बताए । मन्त्री पौडेलले भने— ‘म आफैंपनि ५ पटक जनक शिक्षामा पुगेको छु । समयमा पाठ्यपुस्तक पुर्याउने कुरा हामीले सार्वजनिक रुपमा गरेको हुँदा त्यसका लागि हामीले अहोरात्र ध्यान दियौँ । तर दुर्भाग्य कागजको आपुर्ति समयमा हुन सकेन । निर्वाचन आयोगले गरेको चुनावमा जनक शिक्षाका कर्मचारीपनि जानुपर्ने बाध्यात्मक स्थिति बन्यो । जसले गर्दा पाठ्यपुस्तक पु¥याउन १५ दिन ढिला भएको जानकारी गराउन चाहन्छु ।’

पढाईमा बाधा नपरोस् भनी सामुहिक अध्ययनका लागि बैकल्पिक व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया सबै