१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

प्रतिनिधि सभा बैठक स्थगित

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं । नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै एमालेका सांसदहरूले त्यसबारे सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै बैठकमा विरोध गरेका थिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका थिए । लगत्तै एमाले सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरेका थिए ।

यस्तै, अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने एमाले सांसदहरूको भनाइ थियो । सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया सबै