क्यानमाथिको सबै प्रतिबन्ध हट्यो
मङ्लबार, जेष्ठ ३१ २०७९

काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ । यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो । तर, अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट हटाएको हो ।
मंगलबार क्यानले विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जनाएको छ । कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले जनाएको छ ।
प्रतिक्रिया
सबै