स्थानीय तह निर्वाचन २०७९ को समीक्षा, नेपालले गरे प्रतिवेदन पेश
मङ्लबार, जेष्ठ ३१ २०७९

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको १२औँ बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गरेका छन् ।
केन्द्रीय कार्यालयमा आज बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इञ्चार्जले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।
रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ का घनेन्द्र बस्नेत, मधेस प्रदेशका रामचन्द्र यादव, बागमती प्रदेशका सावित्रा भुसाल, गण्डकी प्रदेशका केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका भागवत विश्वासी, कर्णाली प्रदेशका प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशकी मदनकुमारी (गरिमा) शाह थिए ।
। बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।
प्रतिक्रिया
सबै