सरकारको दुई दिने सार्वजनिक विदा आजबाट खारेज
बुधबार, असार १ २०७९
काठमाडौं । सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ ।
सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
तर यो निर्णयको आलोचना भएपछि र लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेज गरेको थियो ।
प्रतिक्रिया
सबै