१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

उपत्यकामा एकैदिन दुई हजारभन्दा बढी सवारी चालकमाथि कारवाही

 बुधबार, असार १ २०७९  

काठमानडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकैदिन २ हजार भन्दा बढी सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाही पर्नेमा फुटपाथमा पार्किङ गर्ने, मदिरा पिएर सवारी साधन चलाउने, जथाभावी यात्रु चढाउने तथा ओराल्ने, लेन उल्लंघन गर्ने, तिब्र गतीमा सवारी साधन चलाउने चालकहरु रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने, रातो बत्तीको उल्लङ्घन गर्ने, अवस्था ठिक नभएका सवारी साधन चलाउने र क्षमता भन्दा बढी यात्रु राख्ने चालकहरू पनि कारवाहीमा परेका छन् ।

प्रतिक्रिया सबै