४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

एसपीपीबारे प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ : गगन थापा

 बुधबार, असार १ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अमेरिकासँग हुने भनिएको एसपीपी सहकार्यबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामरिक रणनीतिको एसपीपी सहकार्य नेपालले गर्न नहुने र गर्न नदिइने बताएका छन् । उनले कांग्रेसको पनि यही धारणा भएकाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा उभिएर जवाफ दिनुपर्ने माग गरे ।

“प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हुुनुुहुन्छ । नेपाल एसपीपीजस्तो सामरिक स्वार्थ भएको कार्यक्रममा सहभागी हुनु हुँदैन,” थापाले भने, “आजै बैठकमा आएर प्रधानमन्त्रीले आफैँले यस्तो किसिमको सम्झौता उहाँकै भाषामा ‘गर्दैन गर्दैन गर्दैन’ भनेर भन्नुपर्छ ।”

उनले सञ्चारमाध्यममा १० बुँदाको सहकार्य प्रस्ताव रहेको भन्दै सम्झौता के हो, कसको पालमा सुरु भएको र कहाँँबाट आएको ? भन्दै प्रश्न गरे ।

सांसद थापाले एमसीसीजस्तो सम्झौता छिमेकी देशहरूबाट लिने भए पनि सेना सहभागी हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी नहुने र हुन नदिइने उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया सबै