२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

राज्यमन्त्री विमलालाई डिप्रेसनको लक्षण, ‘एकराज खोई ?’ भनेर बर्बराउँदै

 बुधबार, असार १ २०७९  

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको स्वास्थ्य परीक्षण गरिएको छ । प्रारम्भिक परीक्षणमा उनलाई डिप्रेसनको लक्षण देखिएको अस्पताल स्रोतले बताएको छ ।

विमलाको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चेकजाँच गरिएको हो । राज्यमन्त्री विमलालाई बुटवल लैजादै गर्दा अधिकांश समय ‘एकराज खोई ?’ भन्दै बर्बराएको माओवादी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार विमला अर्धचेत अवस्थामा पुगेपछि उनलाई राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

विमलालाई राति उपचार सुरू गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर ईन्द्र ढकालले भने ‘मन्त्री ज्यूलाई राति अस्पताल ल्याइएको थियो,अवस्था हेर्दा भर्ना गरेरै उपचार गर्नुपर्ने थियो । तर, उहाँले भर्ना हुन मान्नुभएन ।’

डाक्टर ढकालका अनुसार विमलामा ब्लड प्रेसर र सुगरको समस्या पनि देखिएको छ । डिप्रेसनको लक्षण देखिए पनि विशेषज्ञ डाक्टरले चेकजाँच नगर्दासम्म केही भन्न नसकिने डा. ढकालको भनाइ छ ।

विमला अहिले प्रदेश सांसद दामा शर्माको साथमा बुटवलस्थित आफ्नै डेरामा बसेकी छन् ।

प्रतिक्रिया सबै