विवाहका लागि २० वर्ष उमेरले व्यावहारिकभन्दा अपराध बढाइरहेको छ : कानुनमन्त्री कोइराला

काठमाडौं । सरकारले विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्न गृहकार्य सुरु गरेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यसको जानकारी गराएका हुन् ।
विवाहका लागि २० वर्ष उमेर हुनुपर्ने व्यवस्था तर्कसंगत देखिँदैन,” कानुनमन्त्री कोइरालाले भने, “यसले व्यावहारिक बनाउनेभन्दा अपराध बढाइरहेको छ । यसको पुनरावलोकनका लागि कानुन मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ ।” उनले सामाजिक अवस्थाअनुरूप कानुन बनाउनका लागि काम गर्नुपर्ने बताएका थिए ।
नेपालमा विवाहको उमेर १८ वर्ष नै भए पनि महिलामा परिपक्वता नआउने र त्यसले मातृ शिशु मृत्युदर बढाउने बहसका कारण मुलुकी फैजदारी संहिता निर्माणका क्रममा विवाहको उमेर २० वर्ष पुर्याइएको थियो ।
समा परिवर्तन नहुँदा १८ वर्षमै विवाह हुने क्रम रोकिएन तर, त्यही विवाह अपराधका रूपमा धेरै मानिसहरू कारबाहीको दायरामा पुगेका छन् । यसले सामाजिक सुधार भन्दा समस्या धेरै ल्याएको भन्दै पुनः परिवर्तन गर्ने विषयमा बहस जारी छ । पर्याप्त अध्ययन नगरी कानुन बनाउँदा कस्ता असर हुन सक्छन् भन्ने उदाहरण मुलुकी देवानी संहिता र फौजदारी संहिता निर्माणको लागु भएको चार वर्षमै हुन लागेको पुनरावलोकन भएको छ ।