९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

राज्यमन्त्री वली उपचारका लागि लुम्बिनी अस्पतालमा

 बुधबार, असार १ २०७९  

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्रीलाई मानसिक पीडा भएपछि एक्कासि बेहोस भएको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

दाङबाट उपचारका लागि राति करिब १२ बजे बुटवल प्रादेशिक अस्पतालमा लिएर उपचार गराइएको थियो । हाल निरन्तर उपचारपछि स्वास्थ्य सुधारात्मक बन्दै गएको अस्पताल परिवारले बताएको छ ।

हिजो राति दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिएका छन् ।उनले भने, उहाँ आउँदा बेहोसीकै अवस्थामा आउनुभएको थियो । डा. ढकालले भने, प्रेसर र सुगरको मात्रा बढी छ, मेडिसिन विभागले हेरेको छ, सबै रिपोर्ट आउँन बाँकी छ, स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ ।

हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेको र राति मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।

प्रतिक्रिया सबै