आज २९ अंकले घट्यो सेयर बजार
बुधबार, असार १ २०७९

काठमाडौं । आज सेयर बजार २९.८९ अंकले घटेको छ । पछिल्लो समय निरन्तर सेयर बजार घटिरहेको छ । १.५० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६६.३७ अंकमा झरेको हो ।
१ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रुपैयाँको आज सेयर कारोबार भएको छ । २ सय २९ वटा कम्पनीका ४१ लख ८२ हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
सेयर बजार घटेको दिन पनि सिवाईसी नेपाल लघुवित्तको र आँधिखोला लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया
सबै