ओलीले कुल्ला गर्दा खाँटी कार्यकर्ताले बान्ता गर्छन् : घनश्याम भुसाल
बुधबार, असार १ २०७९

काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको भाषाशैलीप्रति कटाक्ष गरेका छन् ।
भुसालनिकट युवाहरूले वाम आन्दोलनको संकट र एकताबारे आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत संस्कार र संस्कृति माथिबाटै सिकाइएको र खाँटी कार्यकर्ता बन्न तल प्रतिस्पर्धा हुँने गरेको बताएका छन् ।
भुसालले भने, ‘कमरेड प्रचण्डले एमालेको पत्तासाफ गर्छौं भन्नासाथ माओवादीका साथीहरू लाठी डण्डा लिएर उभिन्छन् । माधव नेपालले एमालेलाई धुला चटाउँछु भनेपछि एकीकृत समाजवादीका कार्यकर्ता केपी ओलीको पुत्ला बोकेर निस्कन्छन् । अनि केपी ओलीले माधव नेपालको नाम लिँदा कुल्ला गरेपछि कार्यकर्ताले बान्ता गर्नैपर्छ, त्यति नगरे योग्यता नै पुग्दैन ।’
उनले कम्युनिस्टहरूबीच एकता वा सत्यानशमध्ये एक बाटो भएको बताए ।
प्रतिक्रिया
सबै