तनहुँमा टिपर खस्दा चालकको मृत्यु
बिहिबार, असार २ २०७९
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, पावरहाउसस्थित रुवाखोलाको पुलबाट मिनिटिपर खस्दा चालकको मृत्यु भएको छ । तनहुँकै म्याग्दे गाउँपालिका–६, मनपाङका ४७ वर्षीय रामबहादुर दमाईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब साढे ४ बजे मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको टिपर अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको जनाइएको छ ।
प्रतिक्रिया
सबै