zoom live download why is zoom taking so long to download zoom for meetings app zoom cloud meeting app download for windows 10 zoominfo technologies inc class a download zoom for windows 10 32 bit zoom app download. zoom join meeting id number password - zoom join meeting id number password
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

चुरे दिवसको अवसरमा एक लाख बोटबिरुवा रोपिँदै

 बिहिबार, असार २ २०७९  

काठमाडौं । आज आठौं चुरे दिवस मनाइँदै छ । आठौं चुरे दिवसको अवसरमा चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष एकैदिन कम्तीमा एक लाख बिरुवा रोपेर दिवस मनाउँदै छ ।

दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख रुख, फलफुलका बिरुवा र बाँस रोपेर मनाउन लागेको हो । यो अभियानमा सबै सरोकारवालाहरु लाई सहभागिताको लागि अनुरोध गरेको छ ।

अभियान निरन्तरता दिन र वन तथा वातावरण मन्त्रालयको ‘जनताको रहर, हरित शहर’ नारालाई समेत दृष्टिगत गरि समितिको पहल तथा समन्वयमा अगामी ५ वर्षमा कम्तिमा १ करोड बाँस, अम्रिसो जस्ता प्रजातीहरु र १ करोड रुख र फलफुल प्रजाती रोपी चुरे तराई मधेश संक्षरण र त्यहाँका जनताका जिवनस्तर सुधार्ने गरि चुरे हरित अभियान संचालन हुन् लागेको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले बताएका छन् ।

उनका अनुसार आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँकस, अम्रिसोजस्ता प्रजाती र एक करोड रुख, फलफूल प्रजाती रोप्ने लक्ष्य छ ।

प्रतिक्रिया सबै