१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

वाग्मती सरकारले गर्‍यो कृषि अनुदान खारेज

 बिहिबार, असार २ २०७९  

काठमाडौं । वाग्मती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेशसभामा आव २०७९र८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन् ।

कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र व्यावसायिकीकरण गरी रूपान्तरण गर्न कृषि तथा पशुपक्षीपालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकरण गर्न जोड दिइएको उनले बताएका छन् ।

आउँदो वर्षदेखि वास्तविक किसानलाई सहयोग पुर्‍याउने उद्देश्यले घुम्तीकोष स्थापना गरी समूह, निजी तथा सहकारी लक्षित गरी कार्य प्रगतिका आधारमा निव्र्याजी बीउ पुँजी किस्ताबन्दीमा उपलब्ध गराउन ५० करोड रुपैयाँ विनियोजन गरिएको, अन्डा, माछामासु, आलु, प्याज र अदुवालगायत वस्तुमा प्रदेशलाई आत्मनिर्भर बनाउन ४४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशका ११९ स्थानीय तहका लागि एक अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरिएको, प्रांगारिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न पाँच करोड ७५ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

प्रतिक्रिया सबै