त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकामा बाढी-पहिरोले ७५ घरपरिवार विस्थापित
बिहिबार, असार २ २०७९

काठमाडौं । तीन दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी–पहिरोबाट धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाका विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।
गंगाजमुना–६, बसेरीमा वर्षाका कारण २४ घरपरिवार विस्थापित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गंगाजमुना–६, बुढाथुममा १४, गंगाजमुना–५, फूलखर्कमा १४ घर, वडा नम्बर–२, रिमा १३ घरपरिवार विस्थापित भएको जनाइएको छ ।
गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको संख्या धेरै रहेको जानकारी दिएका छन् । विस्थापितका लागि त्रिपाल तथा टेन्ट समेत गाउँमा पुग्न सकेको छैन् ।
शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरोपीडितलाई राहत उपलब्ध गराउन निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् ।
प्रतिक्रिया
सबै