१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

अस्तित्व मेटाउन खोजेको एमाले प्रमुख राजनीतिक पार्टी भयो : केपी ओली

 बिहिबार, असार २ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रृंखलाबद्ध आक्रमण छिचोलेर स्थानीय चुनावबाट एमाले प्रमुख राजनीतिक पार्टी भएको बताएका छन् ।

पार्टीबाट निर्वाचित देशभरका जनप्रतिनिधिलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सिध्याउन अरु सबै शक्ति लागेपनि त्यो पूरा नभएको बताए ।

‘सबै एकातिर भएर लोकतान्त्रिक अभ्यासको नाममा तानाशाह ढंगले अनेक प्रोपोगाण्डा मच्चाइयो यस्तो अवस्थामा चुनावको सामना गर्नुभयो चानचुने कुरा होइन’, ओलीले भने ।

अध्यक्ष ओलीले निर्वाचनमा एमालेविरुद्ध हथकण्डा, जालझेल, हत्या, कुटपिटजस्ता अपराधिक क्रियाकलाप राज्यशक्तिको परिचालन गरिएको आरोप लगाएका छन् ।

‘एमालेलाई अध्यक्षबाट मात्र हैन साधारण सदस्यबाट समेत निष्कासन गर्ने झूटा र निराधार आरोप लगाइ उतिखेरैबाट सिध्याउन खोजिएको थियो । जीवनमरणको लडाइँ लड्दै महासंग्राम जितेर आउनुभयो ।, ओलीले भने ।

उनले एमालेबाहेक कुनै पार्टीसँग भिजन नै नभएको भन्दै नमुनाको रूपमा आफूलाई प्रस्तुत गर्न सक्नुस् भनी जनप्रतिनिधिलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया सबै