११ बैशाख २०८१, मंगलवार Tuesday 23 April, 2024

एक सातापछि नेप्सेमा सामान्य वृद्धि

 बिहिबार, असार २ २०७९  

काठमाडौं । सेयर बजार परिसूचक नेप्से एक सातापछि सामान्य वृद्धि भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटपछि बुधबारसम्म एक कारोबार दिनबाहेक लगातार घटेको नेप्से आज (बिहीबार) भने सामान्य रुपमा बढेको छ ।

गत मंगलबार ६० अंकको उच्च वृद्धि भएपनि त्यसयता लगातार घटेको नेप्से घट्ने क्रममा आज ब्रेक लागेको हो । आज बजार परिसूचक नेप्से १२.५७ अंकले बढेर १९७६८.९७ अंकमा बन्द भएको छ । नेप्सेसँगै जीवन बिमा र लगानीबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

मंगलबार करिब डेढ अर्बको कारोबार भएको बजारमा आज एक अर्ब १८ करोड ७१ लाखको कारोबार भएको छ । आज बजारमा नेपाल दुरसञ्चार कम्पनीको १३ करोड ८९ लाखको कारोबार हुँदा एनसीसी बैंकको १० करोड ३५ लाख र सिभिल बैंकको ४ करोड ७१ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९३ कम्पनीको सेयर कारोबार हुँदा १३७ कमपनीको सेयरमूल्य बढेको छ । त्यस्तै ४५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ११ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया सबै