नेपालमा पनि भेटिए ‘मंकीपक्स भाइरस’का शंकास्पद बिरामी, कसरी सर्छ मानिसबाट मानिसमा ?

काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएको छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो ।
दुबईबाट नहालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकको भनाई छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको अस्पतालको स्रोतले बतायो ।
चिकित्सकका अनुसार शंकास्पद बिरामी नेपाली २७ बर्ष युवक हुन् । बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको पाइएको छ । मंकीपक्स’ भाइरसको परीक्षण नेपालमा नहुने नभएकाले यो विषयमा के गर्ने भनेर छलफल भइरहेको उनको भनाई छ ।
‘मंकीपक्स’ भाइरस पुष्टि गर्न पहिला हामी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाछौं । त्यसपछि कहाँ परीक्षण गर्न लैजाने थाहा हुन्छ’ ती चिकित्सकको भनाई छ ।
‘मंकीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्छ ।
कसरी सर्छ ?
सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्न सक्दछ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुने चिकित्सकको भनाई छ ।
अहिले मंकीपक्स देखिरहेको देशमा भाइरसको स्वरुप परिवर्तन भएकाले महामारीका रुपमा फैलनसक्ने खतरा पनि उत्तिकै रहेको संक्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारीको भनाई छ । यो भाइरसका दुई प्रकार पहिचान भएका छन् । एक, मध्य अफ्रिकाको एउटा भेरियन्ट जसले रोगको बढी लक्षण देखाउँछ, र पश्चिम अफ्रिकामा पाइने अर्को भेरियन्ट जसले हल्का लक्षण मात्रै देखाउँछ ।
।
चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन् ।
यी लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिबिराहरु देखिन थाल्छन् र ती चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ । ‘मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ ।