zoom versi terbaru untuk pc zoom meeting software free download zoom academy for superheroes download app zooms face zoom link free download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

म राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु : रवि लामिछाने (भिडियो)

 बिहिबार, असार २ २०७९  

काठमाडौं । चर्चित टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन् । उनी संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् । उनले विहिबार एक भिडियोमार्फत आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् ।

आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने उनले बताए । ‘म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु’, लामिछानेले भने, ‘यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केहिपनि होइन । यो समाजलाई मेरो तर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।’

आफूले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पनि उनले बताए। उनी बिहीबार नै कार्यरत टेलिभिजनबाट बाहिरिएका हुन् । ‘म राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु । मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनु होला’, लामिछानेले भने, ‘म आफ्नै सबै कुरा त्यहाँ भन्नेछु । तपाईँका लागि दिन मसँग खाना, खाजा, गाडी, बाइक, पेट्रोल खर्च केही पनि छैन । तर, यो मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजना चाहिँ छ ।’

लामिछानेले देश निर्माणका लागि आफूसँग केही रहेको बताए । जसलाई सार्थक पार्न सके हाम्रा सन्ततिको भविष्य सुनौलो बन्न सक्ने उनको भनाई छ । ‘भोलि बिहान उदाउने सूर्यले हाम्रा लागि परिवर्तन ल्याउँदैन, गर्न त हामीले नै पर्ने रहेछ’, उनले भने, ‘अब म तयार भएँ तपाईँ तयार हो ? आउनुस् सभागृहबाटै आफ्नो बाटो तय गरौँ ।’ रहरले आफू सञ्चारकर्मी भएको र परिस्थितिले राजनीतिज्ञ बन्न खोजेको उनको भनाई छ ।

यस्तो छ उनको भनाई
आजबाट म सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम दिँदैछु । एउटा सञ्चारकर्मीको रुपमा मैले सकेको गरेँ । के गरेँ, कति गरेँ तपाईँ दर्शकहरुसँग त्यसको हिसाब छ । र, मलाई त्यो हिसाव कहिल्यै पनि चाहिँदैन । यदि मैले केही राम्रै गरेको रहेछु भने पनि त्यसको ब्याज कहिल्यै माग्ने छैन । सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाउँ ओगट्न खोजिँन, बरु आफ्नै छुट्टै र अलग्गै ठाउँ निर्माण गर्ने कोशिस गरेँ । यो कोशिसमा मैले सँधै सिधा कुरा नै गरिरहेँ । र आज अर्को सिधा कुरा गर्न आज देखिएको छु । अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्याउन चाहन्छु । म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु । यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर आकांक्षा, महत्वाकांक्षा केहिपनि होइन । यो समाजलाई मेरोतर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो । मैले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा म नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहान्छु र आफू राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु । मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनु होला । म आफ्नै सबै कुरा त्यहाँ भन्नेछु । तपाईँका लागि दिन मसँग खाना, खाजा, गाडी, बाइक, पेट्रोल खर्च केही पनि छैन । तर, यो मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजना चाहिँ छ । यदि यति नै पर्याप्त छ भने आउनुहोस् यही असार ७ गते सभागृहमा । त्यहाँ बसेर नयाँ मार्ग कोर्नेबारे सल्लाह गरौँ । वर्षातको समय छ, पानीपर्ला हुरी चल्ला, चट्याङ पर्ला–मसँग त तपाईँलाई दिने छाता पनि छैन । तर, केही यस्ता योजनाहरु छन् जसलाई सार्थक पार्न सके हाम्रा सन्ततिको भविष्य सुनौलो बन्न सक्छ । भोलि बिहान उदाउने सूर्यले हाम्रा लागि परिवर्तन ल्याउँदैन, गर्न त हामीले नै पर्ने रहेछ । अब म तयार भएँ तपाईँ तयार हो ? आउनुस् सभागृहबाटै आफ्नो बाटो तय गरौँ ।

भिडियो

प्रतिक्रिया सबै