१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

काठमाडौंबाट ६ जना विदेशी नागरिक पक्राउ

 बिहिबार, असार २ २०७९  

काठमाडौं । विश्वकै महँगी लागूऔषध खैरो हेरोइन काठमाडौंबाट ठूलो परिमाणमा बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंले चलाएको ‘अपरेशन ह्वाइट डस्क’मार्फत ५१ किलो हेरोइनसहित ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

ब्यूरोका एसपी जीवन श्रेष्ठले उनीहरुबाट बरामद खैरो हिरोइनको अवैध बजार मूल्य एक अर्ब २ करोड रहेको छ ।

दक्षिण अफ्रिकाबाट आएका केही महिलाले पटकपटक लागूऔषध हेरोइनसहित पक्राउ गरेको विगतको अुनभवका कारण क्रिमिनल प्रोफाइलिङ गरेर निरन्तर निगरानी गर्दा उनीहरु पक्राउ गरेका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया सबै