१४ आश्विन २०८०, आईतवार Sunday 1 October, 2023

नेपाली सेनाले भन्यो : सैन्य गठबन्धनको पक्षमा छैनौं, एसपीपीका लागि दुई पटक पत्र पठाएका हौं

 बिहिबार, असार २ २०७९  

काठमाडौं । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि आफ्नो धारणा सार्वजनिक गरेको छ । सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र श्रत्रीले अमेरिकालाई पत्र पठाएकमे पत्र आधिकारिक भएको बताएका छन् । उनका अनुसार सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको हो ।

क्षत्रीले पठाएको पत्रको आधिकारिकतामाथि प्रश्न उठाइएका बेला प्रवक्ता सिल्वालले पत्र सही भएको उनको भनाई छ । पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्‍नुपर्ने कुरा नभएको उनले बताए ।

नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन सन् २०१५ मा पत्राचार गरेको स्वीकार गरेको हो । त्यतिबेला कुनै सम्झौता वा सैन्य गठबन्धनका लागि नभई पूर्णतः विपद व्यवस्थापनको क्षेत्रमा सहयोगका लागि पत्राचार गरिएको भन्दै उनले भनेका छन् , ‘त्यतिबेलाको सन्दर्भ भनेको नेपाल महाभूकम्पबाट आक्रान्त थियो, उद्दार र राहतका लागि विभिन्न देशबाट सेना पनि आएका थिए । त्यतिबेला बाहिर देशको सेनाका सदस्यले नेपालमा वीरगति पनि प्राप्त गरेका थिए, त्यो सन्दर्भमा विपदका बेला नेपाली सेना नै अन्तिम स्रोत रहेछ भन्ने भान भयो र क्षमता अभिवृद्धिका लागि सहयोग मागेका थियौं ।’

त्यतिबेला इन्डो प्यासिफिक रणनीति (आईपीएस) भन्ने कुरा नै नभएको उनले बताए । ‘त्यतिबेला विपदमा नेशनल गार्ड विज्ञ भएकाले विपद् पूर्वतयारी, क्राइसिस म्यानेजमेन्ट, एभिएसन लजिस्टिक (विमान, हेलिकप्टरहरु), लगायतका विषयमा सहकार्य गर्न प्रस्ताव गरेका थियौं’ सहायक रथी सिलवालले थपे, ‘बीचमा इण्डो प्यासेफिक रणनीति (आईपीएस) आयो, परिस्थिति बदलियो ।’

तत्कालिन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्रतर्फ इंगित गर्दै प्रवक्ता सिलवालले उक्त पत्र कुनै गठबन्धनमा जाने वा कुनै विषयका लागि लिखित सम्झौता गर्ने गरेको नभएको सिलवालको भनाई छ । ‘देशको असंलग्न परराष्ट्र नीति र भूराजनीतिक संवेदनशीलतालाई असर नपर्ने गरी सहयोग मागिएको हो, त्यो अनुसार अहिलेसम्म पनि सहयोग पाइरहेका छौं, भविष्यमा पनि जो कोहीसँग पनि लिन्छौं’ उनले भने ।

यो पनि

एसपीपीमा सहभागी हुन सेनाले ओली सरकारकै पालामा लेखेको पत्र सार्वजनिक

प्रतिक्रिया सबै