zoom meeting download for laptop windows 10 - zoom meeting download for laptop windows 10 free download zoom meeting app for pc download zoom attendance list zoom download gratuit zoom meeting join a meeting login page zoom pc download windows 10
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

 पाकिस्तानमा  २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

 बिहिबार, असार २ २०७९  

काठमाडौँ। पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

२० दिनको अवधिमा झण्डै २९ प्रतिशत मूल्यवृद्धि भएको हो । पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले फेरि मूल्य बृद्धि भएको घोषणा गरेका हुन् । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढाइएको उनको भनाइ छ ।

उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि मूल्य बढाउनुको विकल्प नरहेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए ।

गत मे २६ मा १४४.१५ पैसा प्रतिलिटर पाकिस्तानी रुपैँया रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत बृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उनले जानकारी दिए । त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैँयामा पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११।.३ पाकिस्तानी रूपैया पुगेको छ ।प्रतिकात्मक तस्वीर

प्रतिक्रिया सबै