idm download vn zoom zoom pc download windows 11 - zoom pc download windows 11 zoom logo free download download zoom cloud meetings app for windows 10 windows 10 zoom download why my zoom app is showing incorrect password - why my zoom app is showing incorrect password zoom versi terbaru untuk pc
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

एसपीपी नेपालको हितमा छैन, ‘च्याप्टर क्लोज’ भइसक्यो : परराष्ट्रमन्त्री खड्का

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भइसकेको बताएका छन् ।

बैठकमा उपस्थित परराष्ट्र मन्त्री खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्दे नेपाललाई स्वीकार्य नभएको बताएका छन् ।

‘यो नेपालको हितमा छैन, स्वीकार्य पनि छैन,’ उनले भने । उनले यसबारेमा प्रधानमन्त्री, गृहमन्त्री र जंगी अड्डाले पनि स्पष्ट पारेकाले थप बहस गर्नुको औचित्य नरहेको पनि बताए ।

उनले भने, ‘एसपीपी नेपालले अगाडि बढाउँदैन भनेर सरकारको आधिकारिक धारणा सार्वजनिक भइसक्यो । प्रधानमन्त्रीले पनि हुदैन भनिसक्नुभएको छ । कुन तहबाट एसपीपी अगाडि बढाउँदैन भनेर भन्नुपर्ने हो कति पटक भन्ने हो । अगाडी नबढाउने भएपछि च्याप्टर क्लोज भइसकेको छ । यसलाई के हो भनेर खोतल्न पर्ने आवश्यक छैन ।’

प्रतिक्रिया सबै