१२ मंसिर २०८०, मंगलवार Tuesday 28 November, 2023

एसपीपी सम्झौता खारेज हुन्छ : प्रचण्ड

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) दुवै नेकपा एमालेका अध्यक्ष केपी ओलीको करामत भएको बताएका छन् ।

शुक्रबार गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले ल्याएको हो’, उनले भने, ‘ओली सरकारको समयमा यी आएका हुन्, दुवैमा ओलीको करामतले सम्या भएको हो ।’

यस्तै उने अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने पनि बताए । यो कार्यक्रममा एमसीसी जस्तो नभएको पनि बताए । एमसीसीलाई संघीय संसदले १२ बुँद व्याख्यात्मक घोषणा गरेर जारी गरे जसरी पास नगरिने पनि उनले जिकिर गरे । एसपीपीमा कुनै व्याख्यात्मक घोषणा पनि नहुने उनले तर्क गरेका छन्।

‘एमसीसी १२ बुँदा घोषणासहित पास गर्‍यौँ। तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ’, उनले भने । फरक प्रशंगमा उनले अहिलेको सत्ता गठबन्धन फेरबदल नहुने पनि बताएका छन् । पार्टीका एक दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले माओवादीले गठबन्धन छाड्ने कुरा नभएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया सबै