zoom app for windows surface zoom app installation pcr test bergen op zoom ggd - pcr test bergen op zoom ggd zoom app download.com zoom app download free windows 10
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

कम्युनिस्ट आन्दोलन एकीकृत अभियानमा छु : वामदेव गौतम

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने महाअभियानमा आफू लागिरहेको बताएका छन् । केही समयमा त्यसबारे घोषणा गरेर अघि बढ्ने उनले बताएका छन् ।

‘म फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने महाअभियानमा संलग्न हुने विचार गरेको छु,’ उनले भने, ‘केही समयपछि घोषणा गरेर म लाग्नेछु।’

राष्ट्रिय सभामा समय लिएर बोल्दै उनले नेपाललाई समृद्ध बनाउने औजारको रुपमा नेपाल कम्युनिस्ट पार्टीको आवश्यक्ता रहेको बताए ।

‘नेपाललाई समृद्ध समाजवादमा पुर्याउनका लागि औजारको आवश्यक्ता पर्छ। र त्यो औजार राजनीतिक रुपले नेकपा मात्र हुनसक्थ्यो,’ उनले भने, ‘हुन्छ भनेर हामीलाई र जनतालाई ज्यादा खुसी लागेको थियो। तर, दुर्भाग्यवश पार्टीमा उत्पन्न समस्याले विभाजित हुन पुग्यो ।’

 

प्रतिक्रिया सबै