zoom meeting room app zoom downloas zoom sound not working on laptop windows 10 zoom windows download zoominfo extension download - zoominfo extension download zoominfo engage logo - zoominfo engage logo cloud zoom download zoom login zoom meeting
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

एमालेबाट निर्वाचित जनप्रतिनिधिका २० बुँदे संकल्प- हामी शासक होइन, जनताका सेवक हुन्छौँ

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । नेकपा एमालेका निर्वाचित स्थानीय तह प्रमुख र उप प्रमुखहरुको भेलाले संकल्प जारी गरेको छ । बिहीबार-शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भएको प्रशिक्षण कार्यक्रमपछि ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको २० बुँदे संकल्प प्रस्ताव पारित गरेको हो ।

संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथिमकता पनि उल्लेख छन् ।

May be an image of 1 person, standing and indoor

यस्तो छ नेकपा (एमाले) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाबाट जारी गरिएको काठमाडौं २० बुँदे संकल्प

हामी, स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू, पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुँदै, निर्वाचनमा जारी घोषणापत्र र प्रतिवद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरूले गर्नुभएका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर सङ्कल्प गर्दछौं : 

१. हामी शासक होइन, जनताका सेवक हुनेछौँ ।

२. हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमूना बन्नेछन्

३. हामीहरू सदाचारमा नमूना बन्नेछौँ ।

४. आफूले कुनै भ्रष्टाचार गर्नेछैनौँ र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौँ।

५. भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा सङ्लग्नहरूलाई कानुनी कार्बाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछौँ । ६. समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृति विरुद्धको अभियानमा अग्रपङ्क्तिमा उभिएर सामाजिक–सांस्कृतिक

रुपान्तरणको अगुवाइ गर्नेछौँ। समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्नेछौं ।

७. हामी पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गछौँ। तसर्थ आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्नेछौँ ।

८. सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्याउनु हाम्रो कर्तव्य हुनेछ। यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झण्झटिलो र पारदर्शी बनाउन लागिरहने छौं । कुनै गुनासो आएमा सकारात्मक रुपमा लिएर तत्काल संवोधन गर्नेछौँ ।

९. बेरुजु समयमै फस्यौट गर्नेछौं र जनताबाट प्राप्तहुने सबै प्रकारका राजश्वको पूर्ण एवं प्रभावकारी सदुपयोग गर्नेछौं ।

१०. पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गंभीर ध्यान दिनेछौँ । प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक,सांस्कृतिक र पुरातात्विक धरोहर, मौलिक कला, संस्कृति र असल परम्पराहरू एवं जनताको सामूहिक सम्पदाका रूपमा रहेका क्षेत्रहरूको संरक्षण र सम्बर्द्धनमा संवेदनशील बन्नेछौँ।

११. पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनेछौं, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्नेछौं, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित गर्नेछौँ र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्नेछौँ ।

१२. पालिकालाई लैङ्गिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछूत अन्त्य गर्न, बालश्रम निर्मूलन गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहचार्य एवं राष्ट्रिय एकताको जगलाई स्थानीय तहबाटै बलियो बनाउन भूमिका खेल्नेछौं।

१३. विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउने छौँ। योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको भूमिकालाई प्रवर्द्धन गर्नेछौँ।

१४. स्थानीय उत्पादनको सम्बर्द्धन र प्रबर्द्धन गर्नेछौँ। समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तीलाई प्रोत्साहन गर्नेछौँ। बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गर्नेछौँ ।

१५. प्राकृतिक विपत्ती, महामारी र जनताको पीडामा अग्रपङ्क्तिमा उभिएर निस्वार्थ सेवाभावले काम गर्नेछौँ ।

१६. धूमपान, सूर्तीजन्य पदार्थको प्रयोग, सार्वजनिक स्थानमा मदिरापान, विलासी भोजभतेर जस्ता कुरालाई निरुत्साहित गर्नेछौँ । १७. बैठकहरूलाई छरितो, परिणाममुखी र विषय केन्द्रित बनाउने छौँ। बढीभन्दा बढी समय योजना निर्माण, कार्यान्वयन र सेवाप्रवाहमा व्यतीत गर्नेछौँ ।

१८. नियुक्ति, सरुवा बढुवा, सेवा सुविधा प्रवाह लगायतका विषयमा निष्पक्षता र योग्यतालाई आधार बनाउने छौं। परिवार, आफन्तजन, स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण गर्ने छैनौँ। ९९. मुलुकको प्रचलित कानुनी व्यवस्था बमोजिम जिम्मेवारी वहन गर्दा र जिम्मेवारीबाट विदा हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्नेछौँ ।यसबारे उठ्ने कुनै पनि प्रश्नको जिम्मेवारीपूर्वक सामना गर्नेछौँ।

२०. सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयोग गर्नेछौं।

मितिः २–३ असार २०७९

प्रतिक्रिया सबै