१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

शेरबहादुर अहिलेसम्म जालझेलबाट मात्रै प्रधानमन्त्री हुनुभा छ : ओली

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्म कहिल्यै निर्वाचित प्रधानमन्त्री नबनेको बताएका छन् ।

एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले अहिलेसम्म पाँच पटक देउवा जालझेल र तिकडमबाट मात्रै प्रधानमन्त्री बनेको बताए । ‘पाँच वर्ष हामीले काम गर्न पाउने हो भने अरू कसैले पनि साइनबोर्ड राख्ने स्थिति भएन । त्यस कारण आतंकित भएर मुद्दा मामिलामा गएर कांग्रेसले प्रधानमन्त्री जितेर ल्यायो । अहिले पनि शेरबहादुरजीले जितेर ल्याउनुभयो,’ अध्यक्ष ओलीले भने, ‘२०५२ साल भदौ १२ गते पनि जितेर ल्याउने उहाँ नै हो । शेरबहादुरजी निर्वाचनबाट जितेर फ्रेस प्रधानमन्त्री कहिल्यै हुनुभएको छैन ।’

प्रधानमन्त्री देउवा जालझेल र तिकडमबाट मात्रै हालसम्म प्रधानमन्त्री बनेको बताउँदै अध्यक्ष ओलीले भने, ‘पार्टीभित्रको जालझेल होस् की, देशभित्रको जालझेल होस्, संसदभित्रको जालझेल होस् की अदालतमा पुगेर हुने जालझेल होस् । जालझेल र तिकडमबाट मात्रै अहिलेसम्म शेरबहादुरजी प्रधानमन्त्री हुनुभा छ ।’

प्रतिक्रिया सबै