९ जेष्ठ २०८१, बुधबार Wednesday 22 May, 2024

चुनाव लड्ने तयारीमा राजेश हमाल

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । चर्चित अभिनेता राजेश हमाल पनि निर्वाचनमा उठ्ने तयारी गरेका छन् । हमालले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत्तमा तरंगीत भएको हो ।

नेपाली चलचित्र उद्योगका सफल कलाकार हमालसँगै क्याप्टेन विजय लामाले राजनीतिक यात्रा सुरु गर्ने तयारी थालेको बताइएको छ ।

हमालले काठमाडौं वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने तयारी छ । हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संकेत दिएका छन् ।

उनी स्वतन्त्र रुपमा राजनीतिमा आउने अथवा कुनै पार्टीको उम्मेदवार बन्ने भन्ने दोधारमा रहेका छन् । हिजो मात्रै राजनीति गर्ने भन्दै सञ्चारकर्म छोडेका रवि लामिछानेले हमाललाई सँगै लिएर हिँड्न खोजेको खबर पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया सबै