१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

हनि ट्रयापमा पारेर ठगी गर्ने गिरोह पक्राउ

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । काठमाडौंमा विभिन्न व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने गिरोह पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरुको प्रयोग गरी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई महिला र चार जना पुरुष छन् । प्रहरीले सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलान्चोक घर भइ हाल पेप्सिकोला बस्ने १८ वर्षीया मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिक बहादुर शर्मा, इटहरी–७ सुनसरी घर भइ काठमाडौंको तारकेश्व बस्ने वर्ष ३० को सन्जिब दर्जी र मेलुङ–५, दोलखा घर भइ हाल नख्खिपोट बस्ने २५ वर्षको निमा लामा तथा सोही स्थानको वर्ष ३० को पासाङ लामालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।

प्रहरीका अनुसार उक्त समूहले केटीहरुको समूहलाई सामाजिक सञ्जाल मार्फत परिचालन गरेर सुरुमा फोनको आदान–प्रदान गरी सम्पर्क समन्वय गर्ने गरेका थिए । त्यसपछि पुरुष व्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर झट्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई दवाबमूलक ढंगले डर, धम्की तथा त्रास देखाई ब्ल्याकमेल गर्न सुरु गर्छन् । अनि केटीका नक्कली आफन्त, वकिल, पत्रकार खडा गरी रकम असुल गर्ने गरेको अनुसन्धानले देखाएको छ ।

 

प्रतिक्रिया सबै